रन्जित चाैरसिया /वीरगंज २२ माघ ।
पर्सा जिल्लाको ग्रामिण क्षेत्र प्रसौनी भाठ्ठा नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, पाडा, भैंसी, किराना सामग्री, पेट्रोलियम पदार्थ लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
प्रहरी चौकी प्रसौनी भाठ्ठाको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक श्याम किशोर यादवले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो सहित अाराेप लगाएका छन् ।
प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाख सम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी सहित अाराेप रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ ।
सो क्षेत्रबाट तस्करीका साथै लोकल मदिरा भठ्ठीहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज यादवलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
प्रहरी नायब निरिक्षक यादवको प्रहरी संगठनमा राम्रो पकड भएकै कारण उनी आफ्नो जिज्यान लगाएर तस्करी गराईरहेको उनले नै हवाला पनि दिदै आएका छन् । सो सम्बन्धमा प्रहरी चौकी प्रसौनीभाठ्ठाका ईन्चार्ज यादवसँग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्रबाट कुनै पनि सामानको तस्करी नभईरहेको दाबी गरे ।
यस्ता प्रहरीहरुका कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

