प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह भाेली नेपाली कांग्रेसमा प्रवेश गर्ने बताउनुभएकाे छ ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह भोली आर्थात शनिबार नेपाली कांग्रेस पार्टीमा प्रबेश गर्ने जानकारी दिनुभएको छ । नगर प्रमुख शाहले आफ्नो फेशबुक वालमा लेख्दै सो जानकारी दिनुभएको हो । 
उहाँले भन्नुभएको छ की मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगरसभापति, क्षेत्रिय सभापति,भातृसंगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशील सदस्य ज्युहरुमा मेरो जय नेपाल अभिवादन टक्र्याउदै भोली मिती २०७८/१०/२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तक सहित देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि समेत निमन्त्रणा गर्दछु ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

