Rashtriya Dainik

गौतम बुद्ध विमानस्थल चट्याङ परेपछि बन्द

रुपन्देही : गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।

साथै टावरको तार चुडिएको र रन्वेको पापी ९पीएपीआइ० लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।

‘समस्या आएपछि विमानस्थल बन्द गरिएको छ,ु उनले भने, ‘शनिबार पनि लाईट बने राति अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।’

विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट काठमाडौं जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरु समस्यामा परेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित