Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय आईतबारबाट सुचारु , कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

राष्ट्रिय दैनिक / नवलपरासी , २१ माघ

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा करिब दुई हप्तापछि सुचारु हुने भएको छ ।

कर्मचारीमा कोरोेना भाईरसको संक्रमण पुष्टि भएकापछि कार्यालय गत माघ १० देखि बन्द गरीएको थियो । शुक्रबार एक सुचना प्रकाशन गरी माघ २३ गते नियमितरुपमा कार्यालय सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । 

कार्यालयमा सेवा लिन आउँदा कोभिड विरुद्धको खोप कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने, भौतिक दुरी कायम गर्ने, मास्क लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपामा पालना गर्नुपर्ने सबैलाई अनुरोध गरेको छ । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित