लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन शुक्रबार तीन जनाको शव फेला परेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बलुहवास्थित मन्दिर अगाडिको पोखरीमा सोही वडाको महादेवटोल बस्ने ५५ वर्षीय छोटेलाल कुर्मीको शुक्रबार शव फेला परेको हो । गत सोमबारदेखि घरबाट बेपत्ता भएका उनको पोखरीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दियामा पनि शुक्रबार एक महिला र पुरुषको शव फेला परको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–५ साईपुर बस्ने ४० वर्षीया फुलरानी थारु आफ्नै घर नजिकैको नालीमा मृत फेला परेकी हुन् । बर्दिया कै ठाकुरबाबा नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको बलातिस्थित प्रतिक्षालयमा हाल नाम, थर, ठेगना नखुलेका करिब ३३ वर्षीय पुरुष शुक्रबार कै दिन मृत परेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

