Rashtriya Dainik

गर्भवती महिलाको हत्या

कपिलबस्तु, माघ २१ । कपिलबस्तुमा एक गर्भवती महिलाको हत्यामा संलग्न श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा परेका छन् । कपिलबस्तुको यशोधरा गाँउपालिका ८ सिहोखोर निवासी २१ वर्षिय रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेर लाशलाई गाडी सतगत गर्ने क्रममा श्रीमान र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षिय ससुरा अब्बास अलि भाट मुसलमानलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । कपिलवस्तुबाट खटिएको प्रहरी अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले उहाँहरुलाई निन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।
लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक कार्कीको भनाई छ । लाश जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल, प्रहरी लगायतको सहभागितामा उत्खनन गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित