वीरगञ्ज, २१ माघ । बर्जु महोत्सवमा आगजनी तथा तोडफोड भएको घटनामा भोजपुरी कलाकार खेसारीलाल यादव र आयोजक संस्थाबीच सहमति भएको छ ।
कलाकार यादवका प्रतिनिधि र महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रबीच छलफल भएर क्षतिपूर्ति रकममा सहमति भइसकेको बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार दुई पक्षबीचको छलफलबाट ३६ लाख क्षतिपूर्ति लिने दिनेमा सहमति भएको छ । खेसरीलालले शुरुमा डेढ करोड भारतीय रकम क्षति भएको दाबी गरेका थिए ।
अध्यक्ष चौधरीका अनुसार द्धिपक्षबीचमा क्षतिपूर्तिको रकम २ महिनाभित्र सम्बन्धित पक्षलाई बुझाउने सहमति भएको छ । एउटा अनटेष्ट गाडी भएकोले त्यसको मुल्य मिलाइदिन खेसरीलालका प्रतिनिधिले आग्रह गरेको र सोही अनुसार सहमति भएर टुंगो लागेको उनले बताए ।
गाउँपालिका अध्यक्ष चौधरीका अनुसार उक्त घटनामा क्षति भएको साउण्ड सिस्टम व्यवसायीलाई पनि १५ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । क्षति भएको अधिकांश सामानहरु मर्मत गरेर चलाउन सकिने भएको देखिएकोले साउण्ड सिस्टमको १५ लाखमा क्षतिपूर्तिमा द्धिपक्षबीच सहमति भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
यसैबीच, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै आयोजक संस्थाले आगजनी तथा क्षति पुगेको व्यक्ति, संस्थाप्रति जिम्मेवार भई क्षतिपूर्तिबारे कानुनले दाबी पुगेको दुई पक्षबीच समझदारी वमोजिम लिने दिने गरि अभिलेख बर्जु गाउँपालिकामा राख्नुपर्ने जनाएका छन् । अभिलेखको बोधार्थ जिल्ला प्रशासनमा पनि राख्नुपर्ने र उक्त अभिलेख प्राप्त नभएसम्म केन्द्रको गतिविधिहरुलाई निलम्बनमा राख्ने पनि प्रजिअ यादवले विज्ञप्तीमा खुलाएका छन् ।
यस्तै, उक्त घटनामा २ जना प्रहरी घाइते भएको र ईलाका प्रहरी कार्यालय दुहबीको गाडीमा पनि सामान्य क्षति पुगेकोले कानुनी कारबाही अघि बढ्ने पनि प्रजिअ यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

