Rashtriya Dainik

स्याङ्जाको अर्घौदिमा शिव मन्दिर निर्माण हुँदै :सहयोग रकम जुट्दै

माग २१

स्याङ्जाको आधिखोला गाउपालिका वडा नम्बर १ अर्घौदीमा शिवालय मन्दिर निर्माण हुने भएको छ।

स्थानीय समाजसेवी र अगुवाहरूको सक्रियतामा मन्दिर बन्न लागेको हो।पुरानो र जिर्ण शिवालय मन्दिर रहेकै स्थानमा मन्दीर लाई भत्काएर पुननिर्माण गरि बृहत् मन्दिर स्थापना गर्न लागिएको हो।

वैदेशिक रोजगारीमा रहेका र विभिन्न क्षेत्रमा रहेका सोही ठाउका ब्यक्ति एवम् स्थानियारु बाट संकलित रकमले मन्दिर निर्माण हुन लागेको मन्दिर निर्माण समितिले जानकारी दिएको छ।
आधुनिक शौचालय,बाथरुम,स्टोर र कम्पाउन्ड सहितको मन्दिर निर्माणका लागि ६० लाख बढी लागत लाग्ने निर्माण समितिले बताएको छ।मन्दिरलाई पुरानै मौलिक शैलिमा निर्माण गरिने भएको छ।

मन्दिर निर्माणका लागि नाप नसाङ्कन र अन्य भौतिक सम्रचनाका लागि समेत काम अगाडि बढेको समितिले बताएको छ।दैनिक रुपमा आर्थिक सहयोग जुटिरहेकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबैलाई सहयोगको अपिल गरिएको स्थानिले बताएका छन।

मन्दिरले यस क्षेत्रको समग्र चिनारीलाई जोड्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने स्थानियहरुको बिस्वास रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित