Rashtriya Dainik

बझाङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बझाङ । बझाङको थलारा गाउँपालिका वडा न.३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्गाथली गाउँपालिकाको झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प्र प ०१-००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भयको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरका सहचालक थलारा गाउँपालिका वडा न.२ का २५ बर्षीय लाल दाहल रहेका छन् । दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित