Rashtriya Dainik

छोरी जन्मेको घरमा रामग्राम नगरपालिकाद्वारा २५ हजार रुपियाँ

 नवलपरासी ,२१ माघ

 पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिका भित्र छोरी जन्मेको परिवारलाई पच्चीस हजार रकम अनुदान दिने भएको छ । 

छोरी बचाऊ, छोरी पढाऊ, भन्ने अभियान संचालन गरि रामग्राम नगरपालिकाले नगरपालिका भित्र जन्मेका वा जन्मने छोरीहरुका परिवारलाई २५ हजार रुपियाँ रकम बैंकमा जम्मा गरिदिने निर्णय गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनु भएको छ । 

तराई मधेश क्षेत्रमा रहेको रामग्राम नगरपाकिलामा अधिकांश तराई मुलका मानिसहरुको बसोबास रहेको अवश्थामा यहाँको समाजमा छोरी प्रति अलि नकारात्मक भावना रहेको हुनाले छोरीको शिक्षाको क्षेत्रमा एउटा जागरण ल्याउने उदेश्यका साथ  नगरपालिकाले बेटी पढाओ, बेटी बचाओ (छोरी पढाऔं, छारी बचाऊ) भन्य अभियान शुरु गरेको नगरपालिका प्रमुख गुप्ताले बताउनु भयो । 

रामग्राम नगरपालिका भित्र गत साउन १ गते देखी यताका जन्मेका सबै छोरीहरुको घर परिवारहरुलाई नगरपालिकाले २५ हजार रुपियाँ रकम बैंक खातामा राखीदिने ब्यावस्था मिलाईएको बताईएको छ । गत साउन महिनाको १ गते देखी यता जन्मेका छोरीहरुको विषयमा यो कार्यक्रम लागु हुने गरि रामग्राम नगरपालिकाले छोरी जन्माउने दम्पतिलाई दुई छोरी जन्मदा सम्मका लागि यो रकम दिने निर्णय गरेको बताईएको छ । 

छोरी जन्मेको परिवारका लागि छोरीको जन्म दर्ता प्रमाण पत्र एवं अविभावकको नागरिकता पेश गर्नु पर्ने छ । छोरी र छोरीको अविभावकको संयुक्त नाममा बैंकमा मुददती खातामा यो रकम जम्मा हुने छ भने यो रकम छोरी बालिक भए पछि मात्र निकाल्न पाईने प्रावधान बनाईएको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कंवरले बताउनु भएको छ । 

 
घरमा छोरीको जन्म भए पछि परिवारले जन्म दर्ता गरि छोरी र अविभावकको संयुक्त नाममा बैंकमा खाता खोली खाता नम्बर नगरपालिकालाई दिए पछि यो रकम बैंकको खातामा छोरीको नाममा जम्मा हुने ब्यवस्था गरिएको बताईएको छ । कुनै कारणले छोरी बालिक नहुदै मृत्यु हुन गएमा यो रकम छोरीको हकवालाले निकालन पाउने ब्यावस्था गरिएको नगरप्रमुख गुप्ताले बताउनु भयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित