Rashtriya Dainik

नेपाल नेत्र ज्योती संघ नवलपरासी शाखाको ३१ औ बार्षिक साधारण सम्पन्न

उमेश बि.क / नवलपरासी , २१ माघ

पश्चिम नवलपरासीमा रहेको नेपाल नेत्रज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पतालको ३१औ बार्षिक साधारण सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योती संघ परासी शाखाका अध्यक्ष मन्जु कण्डेलको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा बार्षिक साधारण सम्पन्न भएको हाे ।

बार्षिक साधारणलाई सम्बाेधन गर्दै प्रतिनिधी सभा सदस्य कण्डेलले नेपाल नेत्र ज्योति संघको छाता संगठन मार्फत डा.विनोद निता कंडेल आँखा अस्पताल सञ्चालन भएको बताउदै यस स्थानमा ल्याईपुर्याउन रण अम्बिका अस्पतालको पनि ठुलो भूमिका  रहेको बताउनुभयो । उहाँले सबैको माया र साथले यो अस्पताल यहाँसम्म आएको बताउदै यस अस्पतालले कुनै पार्टि बिशेषलाई मात्र सुविधा नदिई सबै सेवाग्राहीलाई समानरुपमा सेवा दिएको बताउनुभयो । आँखा अस्पतालको सेवा नवलपरासीकै विभिन्न स्थानीय तहका नागरिकले लिने भएकोले अस्पतालको सेवा बिस्तारमा सहयोग पुग्ने गरि अाफुले विशेष सहयोग हमेशा गरिरहेकाे बताउनुभयो ।

डा. विनोद निता कण्डेल आँखा अस्पताल २०५४ सालबाट प्राथमिक आँखा उपचार केन्द्रबाट सेवा प्रारम्भ भएको हो । पछि नेपाल सरकारको निर्णयबाट ५ कठ्ठा जग्गा प्राप्त गरी स्व. पृथ्वीराज कण्डेलले भवन निर्माण गरि कण्डेलका छोरा स्व. डा. विनोद र स्व. वुहारी निता कण्डेलको नाममा आँखा अस्पतालको नामाकरण गरिएको आँखा अस्पताल श्रोतले भनेको छ । 

त्यसैगरी आँखा अस्पतालको विकासमा नेपाल नेत्रज्योती संघ काठमाण्डौं, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा, सेवा फाउण्डेशन, सेवा क्यानाडा, लायन्स क्लव, नेपाल सरकार, भारतीय राजदुतावासको महत्वपूर्ण योगदान रहेको संघकी अध्यक्ष मन्जु कण्डेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई तथा अस्पतालमा महत्त्वपूर्ण याेगदान दिने ब्यक्तिलाई सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित