Rashtriya Dainik

कोकिन खाँदा १६ जनाको मृत्यु ५० जना बिरामी

मिसावट भएको कोकिन खाँदा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुनुका साथै ५० जना बिरामी परेका छन् । अवैध लागुऔषधमा विषालु तत्व मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।

क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् । किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित