राजन कुमार बानिया
पर्सा २० माघ
नेपाल कम्युनिष्ट पार्टी (नकेपा) माओवादी केन्द्र जिल्ला कार्य समिति पर्साले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) को संयोजकको जिम्मेवारी सन्तोष पटेललाई दिएको छ ।
नेकपा माओवादी केन्द्र पर्साका संयोजक रामदरश प्रसाद कोइरीको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले युवा नेता पटेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रिक्त रहेका प्रतिनीधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको संयोजक तोकिएको पार्टीका जिल्ला सचिव बलेश्वर प्रसाद थारुले बताए । आफुलाई विश्वास गरेर दिइएको जिम्मेवारी आफुले कर्तव्यनिष्ठ भएर पालना गर्ने युवा नेता पटेलले यात्रा डेलीसँगको संवादमा भने ।
क्षेत्रभित्र पार्टीलाई सक्रिय बनाउने र आगामी निर्वाचनमा माओवादी केन्द्रलाई नै बिजयी बनाउने लक्ष्यअनुरुप काम गर्ने योजना रहेको पटेलले बताए । बैठकले प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ को ईन्चार्जमा अमिताभ बच्चन दास र प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को ईन्चार्जमा इमदाद गदीलाई चयन गरेको छ ।
बैठकले पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गर्ने र पार्टीका जनवर्गीय संगठन निर्माण गर्ने निर्णय पनि गरेको छ । संगठन नभएका स्थानीय तहमा १ महिनाभित्र संगठन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका जिल्ला ईन्चार्ज बिजय महतोले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

