Rashtriya Dainik

नवलपरासीमा घाइते अवस्थामा हरिणको उद्वार

उमेश बि.क / नवलपरासी , २० माघ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नम्बर ५ विष्णुपुराबाट घाइते अवस्थामा हरिण प्रजातिको बन्यजन्तुको बुधबार साझ उद्वार गरिएको छ।

पाल्हिनन्दन गाउपालिका वडा नम्बर ५ विष्णुपुरामा घाइते अवस्थामा पाइएको सो बन्यजन्तुको दुबै खुट्टामा चोट लागेको छ ।

हरिण प्रजाति घाइते बन्यजन्तुलाई पश्चिम नवलपरासीको बर्दघाट -२ स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समुहको बन्यजन्तु उद्वार केन्द्रमा उद्वार गरेर ल्याइएको छ ।

स्थानीय रुपमा हर्ना भनिने सो बन्यजन्तुलाई उपचार गरेर केन्द्रमा राखिएको वन समुहका अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिनुभयो ।

साे घाइते जनावरको बर्दघाट नगरपालिकाको पशुसेवा शाखाका प्राबिधिकहरुले उपचार गरिरहेकाे जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित