दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

