Rashtriya Dainik

बस दुर्घटना हुँदा ३५ जना घाइते

२० माघ, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका-६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका-७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित