काठमाडौं: नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्। भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका–७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा छन्। छिट्टाबाहेक अरु अस्पतालकै कर्मचारी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी दुई जना फरार रहेका छन। फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका–४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पतालकै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी छन्।
उनीहरुबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरु, पीसीआर रिपोर्टहरु, रसिद र मोबाइल ५ थान बरामद भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

