उमेश बि.क / नवलपरासी ,१९ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ पुर्ण सिंचित वडा घाेषणाकाे अन्तिम तयारी रहेको छ।

सरावल गाउँपालिकाबाट र काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना मार्फत सरावल ७ का किसानहरूलाई प्रयाप्त मात्रामा बाेरिङ तथा पम्पसेट हस्तान्तरण भएकोले पुर्ण सिंचित वडा घाेषणाकाे तयारी भइरहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ ।

स्थानीयद्वारा पहल परियोजना मार्फत सरावल ७ मा ४९८ वटा बाेरिङ्ग, पम्पसेट हस्तान्तरण भएकोले साे स्थानका किसानहरुलाई सिचाइकाे समस्या नभएकोले पुर्ण सिंचित वडा घाेषणाकाे तयारी भइरहेकाे गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारुले जानकारी दिनुभएको हाे ।

कृषिमा आधुनिकरण गर्दै किसानहरुको जिवनस्तर माथि उकास्न सहमतिले निशुल्क विभिन्न कृष यन्त्र उपलब्ध गराएको बताउनु भएको हाे । यहाँका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू परम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि कृषि यन्त्र हस्तान्तरण गरिएको र हाल साे वडा पुर्ण सिंचित वडा घाेषणा गर्नकाे लागि ,लागि रहेको टिम लिडर थारुले बताउनु भएको हाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

