राष्ट्रिय दैनिक / नवलपरासी , १९ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलभा स्थानीय विपद ब्यवस्थापन समितिका लागि २ दिने अभिमुखिकरण सम्पन्न भएको छ।

बेस नेपालकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा पालिका स्तरीय विपद ब्यवस्थापन समितिका लागि अभिमुखिकरण गरिएको हाे ।

अभिमुखिकरण कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले पालिका विपतका पुर्व तयारी याेजना बनाउदै काम गरिरहेकाे र अगाडि दिनमा बिस्तृत कार्ययोजना बनाइ सबजना हातेमालो गरि अगाडि बढ्ने कुरामा जाेड दिनुभएको थियाे ।

कार्यक्रममा पालिका उपाध्यक्ष उत्तमा राय, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पाैडेल , शाखाकाे शाखा प्रमुख , वडा अध्यक्ष ,रेडक्रस प्रतिनिधि ,पत्रकार , सुरक्षाकर्मी लगाएतकाे उपस्थित रहेको थियाे ।
अभिमुखिकरणकाे सहजिकरण राम बहादुर मिजारले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

