Rashtriya Dainik

माछा लिएर काठमाडौं जादै गरेको पिकप भ्यान दुर्घटना

महेश सिंह/ काठमाडौं २० माघ – माछा लिएर काठमाडौं जादै गरेको TATA कम्पनीको योद्धा नाउँ गरेको पिकप भ्यान गाडी नम्बर प्र ३०१२४ च ४८७५ भएको गाडी २०७८माघ १९ गते बुधबार बिहान करिब ४ बजे तिर अनियंत्रित भई सडक बाट १० फिट तल खस्दा दुर्घटना भएको हो ।

ब्याट्रीको तार सर्ट भएर गाडीमा एकासी आग्लागी भई पुर्ण रूपमा गाडी जलेर नस्ट भएका छन्।बारा जिल्ला बाट ३५० किलो माछा लोड गरी काठमाडौं हिडेका गाडी दक्षिणकाली देखि करिब ७ किलोमिटर माथी फर्पिङ भन्ने ठाँउमा गाडी अनियंत्रित भई सडक भन्दा करिब १० फिट तल झरेका थिए। दुर्घटनामा केहि मानवीय क्षेती नभएको प्रहरीले बताए।

गाडी दुर्घटना भएको १२ मिनेट पछी एकासी गाडीमा आगोसल्केर गाडी पुर्ण रूपमा नस्ट भएको घटना स्थलमा पुगेका ट्राफिक प्रहरी कृष्ण प्रसाद चापागाईंले जानकारी दिनु भयो।दुर्घटना भएको खबर साथै घटना स्थलमा पुगेका उनले बताए। प्रहरीका अनुसार चलिरहेको गाडीलाई हाम्रो प्रहरीको एक समुह धम्कल बोलाई गाडीमा लागेको आगो निभाएको प्रहरी बताए।

गाडी चालक मकवानपुर जिल्लाको बस्तिपुर बस्ने करिब ३२ वर्षिय प्रदीप थिङ्ग रहेका थिए। गाडी चालक र गाडीमा सवार रहेका युवा सकुशल रहेको छ। गाडी र चालकको कागजात सबै ठिक रहेको प्रहरीले जानकारी दिए।

गाडी धनी सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने रमेश आन्द रहेका छन् । उनी २०७७ सालमा काठमाडौं बाट २३ लाख ८५ हजार पर्ने गाडी खरिद गरी सेन्चुरी बैंकको कलंकी सखाबाट फाईनेन्समा गाडी खरिद गरेका गाडी धनीले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित