Rashtriya Dainik

नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी १९ माघ

पश्चिम् नवलपरासीमा लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगपालिका वडा न. ४ हरियालीनगर बस्ने वर्ष ३६ को संतोष तुलाचन सोहि स्थान बस्ने वर्ष २३ को सुरज रजाली मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले तुलाचनको घरमा लागु औषधको कारोबार हुँदै छ भन्ने सुचना प्राप्त पाएपछि प्रहरी टोली खटी गई तुलाचनको घरमा सुक्ष्म रूपमा खन्तलासी गर्दा तुलाचन सुतने गरेको खाट मुनि खाडल खनी माटो र ढुङ्गाले पुरी राखेको अवस्थामा प्रोस्मीड स्पाइस ६ ओटा पोकामा १ हजार ९ सय २७ क्यापसुल ,गांजा ५० ग्राम ,कोडीमेल नामको सय एमएलको सिसि १ थान , नाईट्रोभेट २३ ट्याबलेट , कोडीन फास्रफेट सय एमएलको सिसि १ थान र विभिन्न दरका नेपाली नोट ११ हजार १ सय २५ रूपैयाँ सहित लागू औषध फेला परेको थियो । लागू अौषधमा संलग्न रहेका दुई व्यक्तिलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित