उत्तमकुमार थापा
हाम्रो जिल्लामा हाम्रो कृषकले उत्पादन गरेको बीउ हुनुपर्छ भन्दै,आलुजाेन कृषककाे साहारा बन्दै,आएको छ ।
बझाङ जिल्लामा रहेकाे आलुजाेन कार्यालय बझाङले विभिन्न स्थानीय तहका आलु लगाउन उचित स्थानलाई हेर्दै आलु कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख सिविता जाेशीले बताउनु भयाे । कार्यालय प्रमुख जाेशीका अनुसार पि वि एस, पहिलो पुस्ताको बिउ र उन्नत विउ (डेजिरे) लगाउने र उत्पादित विउ आलुलाई आगामी शरदकालिन सिजनमा विउको रुपमा प्रयोग गर्ने योजना अनुरुप जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पुवरमा २० रोपनीमा लगाउने र कम्तिमा १५० क्विन्टल आलु बिउमा लाग्ने योजना रहेकाे छ ।
उहाँले हामी सँग केरा गर्दै फेरि भने , आगामी वर्ष शरदकालिन समयमा आफ्नै जिल्लाको बिउ प्रयोग गर्ने गरी क्लष्टर तयारी हुदैछ । बझाङ्गमा रोड नजिकको हिमाली क्षेत्रलाई उपयोग गरी कोल्डस्टोर नहुदाको अवस्थामा पनि बीउ चक्र चलाई बिउ आलु र खायन आलुमा फड्को मार्न सम्भव छ ।
यो स्थानमा Potato care house टाइपको घर पनि बनाईने छ । जहा आलु भण्डारण होस । आलुमा प्रसस्त स्याउला र कम्पोष्ट मल र माईक्रोन्यूट्रियन्ट मात्र प्रयोग गरिएको देख्छु अरु रासायनिक मल प्रयोग भएको छैन । छैन कृषकले अन्य मलको पनि प्रयाेग गर्नु पर्ने भन्दै बझाङ जिल्ला लाई आलुखेति याेग्य जिल्ला बनाउन सकिने उहाको भनाइ छ । पछिल्लो समय कृषि ज्ञानकेन्द्र बझाङ र आलुजाेन कार्यालय बझाङकाे आयाेजनामा जिल्लामा रहेका विभिन्न कृषकलाई कृषिमा आधारित पार्दै उत्साह जगाउने काम भएको कृषक प्रकाश खत्रीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

