Rashtriya Dainik

नवलपरासीको सुस्तामा सवारी दुर्घटनाबाट एकको मृत्यु दुई गम्भीर घाइते

नवलपरासी , १८ माघ

पश्चिम नवलपरासीमा सवारी दुर्घटनाबाट एक ब्यक्तिको मृत्यु भएको छ भने दुइ जना गम्भीर घाइते भएका छन ।

भारतीय गण्डक पश्चिम नहर सडकको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १८ प ८६०५ नेपाली नम्बरको स्कुटी र बिपरित दिशा बाट आएको यु पि ५६ ए एन ७२३५ भारतीय नम्बरको मोटरसाइकल र स्कुटी सुस्ता गाउँपालिका वार्ड न २ हरखपुरा गाउँ नजिकै एक आपसमा ठक्कर खादा एक भारतीय नागरिक सहित ३ जना गम्भीर घाइते भएका थिए ।

घाइते हुनेहरु भारत महाराजगन्ज जिल्ला आनन्दनगर पिसन फरेन्दा बस्ने अन्दाजी बर्ष १९ को अरबिन्द चमार,बर्दघाट नगरपालिका वडा न १५ बस्ने वीर बहादुर तमाङ्गको बर्ष १८ को छोरा नीर बहादुर तमाङ्ग र सोही स्थान बस्ने शंकर सुनारको बर्ष १७ को छोरा अमृत सुनार रहेका थिए ।

३ जना घाइते मध्येमा भारतीय नागरिकको मृत्यु भएको छ । घाइतेहरुको उपचारको लागि ईलाका प्रहरी कार्यालय बेलाटारीले सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएको ती घाइते मध्ये उपचारको क्रममा भारतीय नागरिक अरबिन्द चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार भारतीय नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेकोे भारतीय नम्बरको मोटरसाइकल चालकको नै मृत्यु भएको बताएका छन् । त्यस्तै नेपाली नम्बरको स्कुटीमा २ जना सवार रहेको उनीहरु गम्भीर घाइते भइ थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको प्रहरीले जनाएको छ ।
#श्याम थापा

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित