Rashtriya Dainik

कृषकलाइ प्राेत्साहन : ७० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गर्दै सरावल गाउँपालिका

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ माघ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा तरकारीको बीउ वितरण गरिरहेको छ ।

पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ । पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको छ ।

बिभिन्न मौसमि तथा वेमौसमि तरकारीबालीका बिउ बिउ बितरण गरिरहेको छ । गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्थानिय कृषक, कृषि फम तथा समुहलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिरहेकाे प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले बताउनुभएको छ ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा तरकारीको बीउ वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । तरकारी खेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्रकाे लागि कार्यक्रम सन्चालन गर्न लागिरहेको अध्यक्ष चाैधरीले बताउनु भएको हाे।


पछिल्लो समयमा तरकारी खेतीतर्फ सरावल गाउँपालिकाका कृषकको आकर्षण बढ्दै गएको छ । व्यावसायिक तरकारी खेति गर्नका लागि कृषकहरुको मागका आधारमा बिउ ल्याई वितरण भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित