Rashtriya Dainik

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने सकारसमक्ष निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले सरकारसमक्ष स्थानीय तहको निर्वान आगामी जेठ ४ गते गर्ने प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्ने तयारी छ ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

प्रधानमन्त्रीले यसअघि पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । पार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने देउवाले जानकारी दिएका थिए ।

नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने बताएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित