Rashtriya Dainik

पूर्वी नवलपरासीमा एक अटो चालकको शंकास्पद मृत्यु

पूर्वी नवलपरासी / १८ माघ
पूर्वी नवलपरासीमा एक अटो चालकको शंकास्पद मृत्यु भएको छ। ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती–१३ गैरी नयाँ बस्तीका ५२ वर्षीय माधवप्रसाद गिरि शंकास्पद मृत्यु भएको हो।

सोमबार राति बेपत्ता भएका गिरिको शव आज बिहान साढे ८ बजेतिर बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा फेला पारेको थियो। शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। मृतकको अनुहारमा चोट लागेको छ भने अटो घटनास्थलदेखि केही पर बाटोमा भेटिएको छ। घटनास्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भइरहेको बताए। प्रारम्भीक अनुसन्धानअनुसार उनको हत्या भएको अनुमान गरिएको छ। अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित