संजय कुशवाहा / नवलपरासी १६ माघ
पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुईवटा मोटरसाइकल सहित १ लाख २५ हजार ४० रूपैयाँ मुल्य बराबरको मोबाइल र रक्सी बरामद गरेको छ ।
सशस्त्र प्रहरीले शनिबार साझ ७ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न.५ बैदोली स्थित गण्डक नहरको छेउ दशगजा नजिक नेपालबाट भारततर्फ अबैधरूपमा अन्दाजी १ लाख २० हजार मुल्य बराबरको १ सय ५० पिस मोबाइल झोलामा राखी यु पी ५६ यल २८०६ र बिआ ०६ सिई ७४१९ नम्बरको भारतीय मोटरसाइकलमा लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोलीले मोटरसाइकल सहित मोबाइल बरामद गर्न सफल भएका हुन ।
मोटरसाइकलमा झोला भित्र मोबाइल राखी लैजादै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर मोटरसाइकल र मोबाइल बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए ।
उक्त दुईवटा मोटरसाइकलको अन्दाजी मुल्य १ लाख बराबर रहेको छ ।
यसैगरी आईतवार बिहान प्रतापपुर गाउँपालिका वडा न.६ कठहवा स्थित दशगजा नजिक नेपालबाट अबैधरूपमा भारततर्फ लैजादै गरेको ५ हजार ४० रूपैयाँ मुुल्य बराबरको १ सय ६८ पिस किसमिस नामको रक्सी बोराभित्र राखेर काघमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बरामद गरेको दुईवटा मोटरसाइकल , मोबाइल र रक्सी स्थानिय प्रतिनिधिहरूको रोहवरमा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

