Rashtriya Dainik

सियारी -६ मा युवा भेला तथा वडा कमिटी गठन

तुलसीराम पौडेल —-
सियारी , माघ १५
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ मा सम्पन्न युवाहरूको भेलाले रास्टिय युवा संघ नेपाल सियारी गाउपालिका वडा नम्बर ६ कमिटी सर्वसम्मत रूपमा गठन भएको छ जसको अध्यक्षमा सुरज घिमिरे रहनु भएको छ।
त्यसै गरी उपाध्यक्षमा सन्तोष रिजाल , सचीवमा बिजय सुवेदी , कोषाध्यक्षमा अशोक शर्मा ,सह सचीवमा बिन्जु गौतम र लालबहादुर सुवेदी रहेका छन् भने सदस्यहरुमा
मन बहादुर गुरुङ ,बिकास राना ,सुनिल गुरुङ ,विनोद खनाल ,दिनेश रिजाल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं रास्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सचिव राजेन्द्र कंडेलले नव गठित रास्टिय युवा संघ नेपाल सियारी वडा नम्बर ६ का पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियोे ।

नेकपा एमाले वडा कमिटी उपाध्यक्ष कमला सापकोटाको अध्यक्षता र रास्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सचिव राजेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रकाश रेग्मिको सन्चालनमा सम्पन्न कार्यक्रममा युवा परिषद लुम्बिनी प्रदेश युवा संजालका अध्यक्ष मनोज भण्डारी र नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य खेमराज गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित