Rashtriya Dainik

नगर प्रमुख गुप्ताद्वारा जेष्ठ नागरिकलाई कम्मल वितरण

ज्ञानेश्वर सहानी / नवलपरासी / १५ माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा जेष्ठ नागरिकलाई कम्मल वितरण गरिएको छ।

बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि कम्मल वितरण गरिएको हाे।

रामग्राम नगरपालिका वडा नं ४ को आयोजनामा जेष्ठ नागरिक, एकल महिला तथा पुर्णअपाङ्गता भएको करिब १५० जनालाई एक कार्यक्रम बिच कम्मल वितरण गरिएको हाे।

रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवको अध्यक्षता तथा रामग्राम नगरपालिकाकाे मेयर नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता भएको कम्मल वितरण कार्यक्रममा बाेल्दै मेयर गुप्ताले नगरपालिकाबाट छोरी पढाउ छोरी बचाउ अभियान कार्यक्रम सञ्चालन भएको र छोरीको नाममा खाता खोलेर रु २५००० दिइने जनकारी दिनुभयो । नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा दिनको लागि एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र हुने बताउनु भएको हाे।

त्यस्तै रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुँवरले नगरपालिकाका बासिन्दालाई विभिन्न सेवासुविधा दिइरहेको जानकारी गराउदै हामी दिनरात जनताकाे सेवामा लागिरहेको बताउनु भएको हाे । साथै माघ महिनामा समेत चिसो कम नभएपछि रामग्राम नगरपालिकाले न्यानो कम्मल वितरण गरि कार्यक्रम सम्पन गर्नु भएको थियो।

कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे , पत्रकार ज्ञानेश्वर सहानी तथा स्थानीय बासि लगायतको उपस्थिति रहेको थियो‌ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित