नवलपरासी ,१५ माघ
पश्चिम नवलपरासीमा कागज बोकेको ट्रकमा लुकाएर लैजादै गरेको साढे ५ लाख बराबरको कपडालाई सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ।
रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट विरगञ्जको पाना पेपर वर्कसमा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो।
सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६ सय ७५ पिस साडी लोड गरेको जानकारी पाएपछि सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी एवम् नायब उपरीक्षक माधव रेग्मीले जानकरी दिए।
बरामद भएको कपडासहित कागज बोकेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको रेग्मीले जानकारी दिए। बिल बिजकसहित रहेको कागजलाई सोही दिन छाडिएको र ट्रकसहित चालकलाई कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजेश पन्थीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

