Rashtriya Dainik

नवलपरासीको सामुदायिक बनमा मृत अवस्थामा बघिनी फेला

राष्ट्रिय दैनिक / नवलपरासी , १५ माघ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित दाउन्नेदेवी सामुदायिक बनमा मृत अवस्थामा बघिनी फेला परेको छ। स्थानियले बनमा घाँस दाउरा गर्नेक्रममा बाघ देखेपछि वडामा खबर गरेका थिए। सुचना पाए लगत्तै बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङले इलाका प्रहरी कार्यालय र नेपाल आर्मिलाई खबर गरेका थिए।
खबर पाए लगत्तै सो बनको संरक्षणका लागि बसेको श्री नम्बर २ बन तथा पर्याबरण सुरक्षा गण घटाना स्थलमा पुगेको थियो ।सोही गणको करिब ५ किलो मिटरको दुरिमा बाघ मृत फेला परेको हो। बाघको घाटिमा पासो परेको जस्तो डाम देखिएको छ भने बाघको घाँटी नजिकै फलामको तार समेत फेला परेको छ । बाघको पछाडी दायाँ पट्टिको फिलामा प्वाल देखिएको छ। मृत बाघ रहेको स्थल वरिपरि रगतका टाटा समेत देखापरेको छ।
बाघ आफै मरेको हो या कुनै तस्कर वा सिकारीले मारेको भन्ने बारेमा सम्बन्धित निकायले अनुसन्धान गर्न बाकी रहेको सेमरी प्रहरीले जनाएको छ। घटनाका बारेमा बर्दघाट सरावल बन डिभिजन कार्यलयका अधिकृत गिरीराज पन्तका अनुसार मृत बाघको छाला तथा अन्य महत्वपूर्ण भाग निकालेर मुचुल्का बनाई सबैको रोहबारमा गाडिने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित