उमेश दुबे
पर्सा, १५ माघ / पर्सा प्रहरीको सक्रियता बढन थालेपछी जिल्लाको
दुई फरक स्थानबाट लागूऔषध गाँजासहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लागू औषधको ट्रान्जिट बन्दै गएको पर्सा जिल्लामा पर्सा प्रहरीको सक्रियता बढनसाथ धमाधम लागू औषध गाजा बरामद हुन थालिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले लागू औषध गाजा सहित दुई जनालाइ नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको अधारमा परिचालन भएको प्रहरी टोलिले बहुदरमाई नगरपालिका वडा नं.–९ विश्रामपुर मौजे घर भएका ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवारलाई लागू औषध गाजा सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार बिहिवार राती ८ बजे कलवारको घरबाट गँजाको बिक्री वितरण भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको घर खानतलासी गर्दा पूर्वपट्टीको कोठाको खाटमुनि सुनियोजित तरिकाले लुकाई छिपाई राखिएको ७४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

