Rashtriya Dainik

मेयर भरत थापाको प्रश्न : जरिवाना तिरी सकेपछि के आधारमा लगाइयो मुद्दा

परासी, १४ माघ । सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले आफुँमाथि लागेको आरोपका विषयमा अनावश्यक टिकाटिप्पडी नगर्न आग्रह गर्नु भएको छ । आफुँ माथि लागेको आरोप नितान्त व्यवसायिक क्षेत्रबाट आएको आरोप रहेको हुँदा त्यस संग मेयरको पदिय जिम्मेवारी प्रति कुनै शंका र टिकाटिप्पडी नगर्न आग्रह गर्नु भएको हो । पत्रकार संगको कुराकानीमा नगर प्रमुख भरत थापाले आफँ मेयरको पदमा बसी कुनै बजेट पचाउने र भ्रष्टाचार गर्ने कार्य नगरेको भन्दै यो आरोप मेयरको हैसियतबाट नलागेकाले बजारमा अनावश्यक भ्रम नफैलाउन आग्रह गर्नु भयो ।

नगर प्रमुख थापाले, आफु विगत लामो समयदेखि एक व्यवसायीको रुपमा चुनढुंगाको ट्रान्सपोर्टको काम गर्दै आएको र आफनो नाममा दर्ता रहेको कन्चन क्वेरिज कम्पनी राज्यको संबैधानिक निकायमा दर्ता भई लाखांै लाख रुपैया राजस्व तिरी काम गर्दै आएको एक व्यवसाय हो । सोही व्यवसाय गर्ने क्रममा आफुँले लिएको खानीबाट चुनढुंगा उत्खनन गरि काम गर्ने सिलसिलामा निर्धारित परिमाण भन्दा बढि उत्खनन गरेको भन्दै क्षतिपुर्तिको माग सहित अख्तियारले आरोप पत्र सहित मुद्दा दायर गरेको हो ।
विभागले तोकिएको जरिवाना हामीले तिरी सकेकाले सो आरोप निराधार रहेको र सो विषयमा अझै अनुसन्धान हुने जस्ता कार्य हनु बाकी नै रहेको जानकारी दिदै यद्दि मुद्दा फैसला भई दोषी ठहर भए सजाय तथा जरिवाना तिरौला सहौला तर यस आरोपकै भरमा बजारमा अनावश्यक टिकाटिप्पडी र भ्रम नछर्न थापा आग्रह गर्नु भयो । यो व्यवसायक आफुँ राजनितिमा सक्रिय हुनुभन्दा अगाडीकै व्यवसाय हा । आफुँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएदेखि नै आफनो सम्पुर्ण कारोबारहरु आफना स्टाफहरुलाई सुम्पी दिनरात नगरको विकास र नगरबासीको सेवामा लागी रहेको छुँ मेयर थापाले भन्नु भयो ।

नगर प्रमुख भएदेखि भरत थापा नगरको समग्र विकास, समाजिक कार्यमा आग्रसर भई काम गर्दै आएका छन् । आफुँले पाउने सुविधा बापतका भत्ता रकमहरु समेत सामाजिक कार्यमा लगाउदै आएका छन् । आफुँ मेयरको पदिय जिम्मेवारीबाट नगरपालिकाको कुनै पनि बजेट, राजस्व, रकम हिनामिना नगरेको र कुनै प्रकारका काम कार्वाहीमा अनियमितता पनि नगरेको नगर प्रमुख थापाले बताउदै यस पदका हैसियतबाट केहि कमीकमजोरी नरहेको नगरबासीमा विश्वास दिलाउनु भयो ।

यस्तो छ आरोप
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र ९ जना सिमेन्ट उद्योगीविरुद्ध एक अर्ब २४ करोड ४५ लाख भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरि ९ वटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको र सो विषयमा विभागले गरेको छानबिन अनुसार क्षतिपूर्ति नतिराएको आरोप लगायो ।

आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ का लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुंगा उत्खनन तथा उत्पादन गरेको अभियोगमा अख्तियारले सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि. समेतका ९ वटा कम्पनीहरूबाट वार्षिक प्रति आर्थिक वर्ष १÷१ लाख रूपैंयाका दरले जरिबाना लिने गरी विभागीय निर्णय गरी क्षतिपूर्ति (राजस्व) उठाउने कानुनी कर्तव्यबाट विमुख भएको भनी अख्तियारले विभागका महानिर्देशक एवं उद्योगीबाट उक्त रकम असुल उपर गर्नुपर्ने माग दाबी गरेको छ ।
तर, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवं सुनवल नगरपालिका नगर प्रमुख भरत थापाले हामीले तिरी सकेको जरिवानालाई पुनः विना कानुनी आधार बनाई हामी सङ सोधपुछ नगरी एक्कासि अख्तियारले मुद्दा दायर गरेको प्रति दुख ब्यक्त गर्नु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित