महेश सिंह सिरहा लहान १५ माघ – सिरहाको लहान नगरपालिकामा ११ स्थित पिडरबोनीमा विभिन्न पार्टी प्रत्याग गरी नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका छन्।
नेकपा की नेतृ सीता चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लाल बहादुर चौधरीको नेतृत्वमा ५० जना ब्यक्तीहरुले विभिन्न पार्टी प्रत्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
नव प्रबेशी ब्यक्तीहरुलाई काङ्ग्रेस नेता तथा समाजसेवी महेश प्रसाद चौधरीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। चौधरी हाल नेपाली काङ्ग्रेसका सिरहा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत रहनु भएको छ्।

उक्त कार्यक्रम नेपाली काङ्ग्रेसका बुथ सभापति राम चन्द्र साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। स्थानीय युवा नेता सुर्य नारायण चौधरीले नव प्रबेशी साथीहरुलाई स्वागत गर्दै मन्तब्य राखेका थिए। काङ्ग्रेस लहान नगरपालिकामा निकै ठुलो पार्टीको रूपमा स्थापीत हुने गरेको स्थानीयहरुले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

