Rashtriya Dainik

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित पक्षलाई सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा चेक हस्तान्तरण

महेश सिंह/ सिरहा लहान १५ माघ-वैदेशिक रोजगारीमा गएका युवाको २ महिना नबितदै खाडि मुलुक कतारमा काम गर्दै गर्दा माटोको डिस्कोमा पुरीएर कतारमै मृत्युु भएको थियो।सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बिक्रम यादवको कान्छो छोरा बर्ष २५ को रोशन कुमार यादवको मृत्यु भएको थियो।

बिदेश जाने क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए। यादव १० लाखको वैदेशिक रोजगार म्यादी बिमा गराएका थिए।बिहीवार छोरा गुमाएका पीडित दुलारी यादबनी लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैंकको चेक नम्बर १३०१६०४६४ भएको चेक हस्तान्तरण गरेका छन्।

वैदेशिक रोजगारीको लागि २ महिना पहिले अलजाबट इन्जिनियरिङ्ग कम्पनीमा कतार गएका थिए। बिदेशको सपना पुरा नहुँदै २०७८-७-७ गते कतारमै मृत्यु भएको थियो।
उनलेे पहिलो पल्ट वैदेशिक रोजगारमा गएका थिए।उनलेे गराएको बिमा लेख नम्बर FE1000117612 भएको थियो।

पीडित दुलारी यादबनीलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले अफिसमै बोलाए र नेपाल पोस्ट दैनिक र गोर्खा टेलिबिजनका सिरहा सम्बादाता पत्रकार महेश सिंहको रोहवरमा पीडित यादबनीलाई १४ लाखको चेक हस्तान्तरण गरेको छ।
मृतकको दाजु रामरिझन यादव र भिनाजु रामदुलार यादवको रोहवरमा चेक दिएका हुन।क्रिया खर्च १ लाख गरी जम्मा १४ लाखको चेक हस्तान्तरण गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित