Rashtriya Dainik

सवारी चाप व्यवस्थापनका लागि महेशपुरमा त्रिदेव वाहन पार्किङ सन्चालनमा

राष्ट्रिय दैनिक / नवलपरासी , १४ माघ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ महेशपुरमा सवारी चाप व्यवस्थापनका लागि त्रिदेव वाहन पार्किङ सुरु गरिएको छ ।

मित्र राष्ट्र भारतबाट मालबाहक सवारीकाे चाप बढेपछि जितेन्द्र गुप्ता ,अनिल काेहार र राजेश जैसवाल मिलि दुर्घटनाबाट जाेगाउन र ट्राफिक जाम कम गर्न त्रिदेव वाहन पार्किङ सन्चालन गरेका हुन ।

अाज एक कार्यक्रम बिच जितेन्द्र गुप्ताकाे अध्यक्षता एवं पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री काेहारकाे प्रमुख अातिथ्यता तथा ठुठिबारी कष्टम प्रमुख जगत सिंह राणाकाे विशिष्ट अातिथ्यतामा पार्किङ उदघाटन गरिएको हाे।

पार्किङ उदघाटन गर्दै उपाध्यक्ष काेहारले महेशपुरमा पार्किङकाे ब्यवस्था नभएकोले अावतजावत कठिनाई हुनुकाे साथै दुर्घटना पनि बढेको थियाे । यश त्रिदेव वाहन पार्किङले सवारी साधन दुर्घटना , ट्राफिक जाम हुने समस्या समाधान हुने बताउदै अाफुबाट हुने सहयोग साथ दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे ।

त्यस्तै भारतको ठुठिबारी कष्टम प्रमुख जगत सिंह राणाले ब्यवस्थित पार्किङ सुचारू भएपछि अाम नागरिकलाई मात्र नभएर सरकारी कर्मचारीलाई समेत सहजता हुने बताउनु भएको हाे।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष लल्लन प्रसाद यादव,नेपाल भारतमैत्री पत्रकार अध्यक्ष अरुण बर्मा ,नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य बेचु गाैड,मानवअधिकारकर्मी बिजय कुमार जैसवाल , नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सुरेन्द्र पटेल लगाएत स्थानीयबासि , प्रहरी , पत्रकार लगाएतकाे उपस्थिति रहेको थियोे ।

महेशपुर भन्सार कार्यालयमा मालबाहक सवारी साधन भन्सारका लागि सडकमा जथाभावी पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले महेशपुर निकै कुरुप बन्दै गएको थियोे । भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ।

अव्यवस्थीत पार्कीङका कारण आवात–जावात गर्ने पैदलयात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सडकमा गुड्ने सवारी साधनलाई समेत अवरोध सृजना हुने गरको छ ।  त्रिदेव वाहन पार्किङ खुलेपछि सवारी साधन ब्यवस्थापन तथा पार्किङ गर्न सहजता हुने स्थानीयले विश्वास ब्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित