पर्सा, १३ माघ। बिगत केही महिनादेखी हुन्डी कारोबारमा सन्लग्न कारोबारीहरू आर्थिक नगरीमा सल्बलाउन थालेका छन । नेपालकै आर्थिक राजधानीको रूपमा रहेको बिरगंज क्षेत्रमा हुन्डी कारोबारमा सन्लग्न कारोबारीहरू सल्बलाउन थालेका हुन ।
हुन्डी कारोबारलाई संरक्षण गर्ने गिरोह सकृय हुनसाथ हुन्डी कारोबार तिब्र रूपले अगाडी बढन थालिएको छ । आफ्नो पेशालाइ मर्यादित बनाउनुको साट्टो आफ्नो पेशालाइ बदनाम गर्दै ठूलो रकमको चलखेल भए पश्चात् हुन्डी कारोबारीहरू सकृय भएको श्रोतको दाबी रहेको छ । श्रोतका अनुसार नेपाल र भारत बिच रोटि बेटिको सम्बन्ध रहेपनी केही अपराधी मनस्थिति बोकेका बिपाशुहरूका कारण हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको बताए ।
बिगत लामो समयदेखी हुन्डीमा सन्लग्न ब्यक्तिलाइ ढाकछोप गर्ने प्रयास समेत गरिएको थियो । तर प्रहरी कारवाहीले हुन्डी कारोबारमा सन्लग्न ब्यक्तिहरूको पहिचान हुन थालेपछी केही दिनको लागि मात्र कारोबार बन्द गरिएको, उनले बताए । तर ढाकछोप गर्ने निकायकै आदेश र इशारा पाए पश्चात् पुन: हुन्डी कारोबारीहरू सलबलाएको उनले दाबी गरे ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले हुन्डी कारोबारमा सन्लग्न जोकोहिलाइ बाकी नराख्ने बताएका छन । उहाले हुन्डीमा संलग्न केही ब्यक्तीलाई पक्राउ गरि कारवाही अगाडी बढाइएको बताउनु भयो । हुन्डी कारोबारलाई ढाकछोप गर्ने तथा बढावा दिनेहरूलाइ तह लगाएरै छोडने प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी गराउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

