६ माघ, बाँके। बाँकेको नेपालगञ्जबाट सुर्खेत जादैँगरेको गाडीमा लागुऔषध बरामद भएको छ ।
भेरीगंगा नगरपालिका-१० टोली खोलाबाट करिब ५ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय टेक बहादुर देवकोटा र सोही ठाउँ बस्ने २४ वर्षीय जनक विष्ट रहेका छन् ।
नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ ख ६२०५ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

