नेपालमा ११ हजार २४७ जनाले कोभिड विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २४७ जनाले बुस्टर डोज लगाएका हुन् । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हो ।
बुस्टर डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई लगाइरहेको छ । सरकाले खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ८५ लाख १० हजार ११६ मात्रा खोप लगाएको छ ।
जसमा एक करोड ६० लाख लाख बढीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यस्तै १ करोड २४ लाख बढीले दुबै डोज खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको ।
मन्त्रालयका अनुसार कुल जनसंख्याको ५२.८ प्रतिशतले एकमात्रा र ४१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै १८ वर्ष माथिका लक्षित समूहको ८०.५ प्रतिशतले एक मात्रा र ६२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
नेपालले अहिलेसम्म अनुदान र खरिद गरेर विभिन्न देशबाट ४ करोड तीन लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

