Rashtriya Dainik

अवैध रूपले उत्पादन गरिएका १०० लिटर घरेलु मदिरा बरामद

पर्सा ६ माघ
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले अवैध रूपले उत्पादन गरिएका १०० लिटर घरेलु मदिरा बरामद गरेका छन। शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले जगरनाथपुर गाउँपालिका वडा नं ४ मोरटोल बाट मोटरसाइकल मा लोडरहेको १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।
घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएका प्रहरीले जनाएका छन। सशस्त्र प्रहरीको गस्ती टोली देखेर मोटरसाइकल र रक्सी छोडेर भागेको प्रहरी ले जनाए का छन। बरामद गरिएको रक्सी नष्ट गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित