बिनोद मण्डल /माघ ५ ।नेपाली राजनीतिक इतिहासमा राणा शासन क्रूर दमनको संघारमा उभिएको इतिहास पाइन्छ । जहां पारिवारिक खिचातानी हुनुको साथै आम जनता राणाहरूको तरवारको शिकार हुनुपर्ने वाध्यता समाजमा विद्यमान रहेको थियो । क्रूर दमन शोषणको विरुद्धमा आवाज उठाउँदा नेता कार्यकर्ता जेल र तरवारको शिकार हुनु सामान्य थियो । समाजमा राणा शासनको उपजको रूपमा रहेको जीमदारी प्रथाले आम नागरिक जीवन मरणको नारकीय जीवन जिउन विवस थियो । वर्षौ भोको पेट मालिकको खेतमा काम गरेर आफ्ना दुई छाक टार्न मुश्किल भएको अवस्थामा क्रूर जहानियाँ शासनको विरुद्धमा चार जना नेपाली सपुतले आवाज उठाउँदा टुँडिखेल स्थित खरीको बोटमा झुण्डाएर गोली ठोक्ने शासनका विरुद्ध उर्लिएका नेपाली जनताको बलिदानको कारण सदाका लागि समाप्त भएको शासन पक्षआत् नेपालमा पञ्चायती व्यवस्थाको शुरुवात हुँदा नेपालमा राणा शासनबाट सिकेका पाठ पञ्चायती व्यवस्थामा दोहोरिदै गर्दा त्यसका विरुद्ध सडक आन्दोलन लगायत भूमिगत राजनीतिको शुरुवात नेपालमा हुन् गयो फलस्वरूप 2046 को बहुदलीय प्रजातन्त्रको लागि नेपाली जनतालाई सडकमा उतार्न खोजिएको अवस्थामा भूमिगत राजनीतिका तत्कालिन प्रखर व्यक्तित्व स्वर्गिय मदन भण्डारीले राजा वीरेन्द्रलाई श्रीपेचको ताज खोलेर चुनावी मैदानमा आउन आफ्ना भाषणमा बोलेका प्रमाण भेटिन्छन् उनै मदन भण्डारीलाई तत्कालिन अवस्थामा साविक गाउँविकास समिति विष्णुपुरकट्टी 3 रैनी खोला तथा हाल धनगढीमाई नगरपालीका वडा नं 14 मा तत्कालिन अवस्थाका देशभरिका कम्युनिस्टहरुले जंगलमा रहेको सखुवा काठ काटेर आफैले बोकेर ल्याई उक्त ठाउँमा भूमिगत भई बस्नको लागि घर बनाई कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन सम्पन्न गरेर पार्टीको महासचिव मदन भण्डारीलाई बनाइएको सिरहाको यस ठाउँको घर भएको ठाउँमा सामान्य भौतिक संरचना निर्माण पहल थालिए पनि राजनीतिक उदासिनताका कारण यतिबेला यो ठाउँ ओझेलमा परेको छ । सामान्य मदन पार्कको रूपमा परिचित भएको यस ठाउँमा बेला बेलामा राष्ट्रका ठूला र अग्रज नेताहरु आएर ठूला ठूला आश्वासन दिएपनि विकास हुन सकेको छैन । स्मरणीय प्रसङ्ग विद्यादेवी भण्डारी नेपालको गरीमाय पदमा आसीन हुँदा पनि यस ठाउँको बारेमा चिन्तित नहुनु कहाली लाग्दो विषय बनेको छ । हालसम्म यस ठाउँमा टेलिफोन टावरको कारण स्थानीयहरू सञ्चार बाट वञ्चित एकातिर छ भने अर्कोतिर खानेपानी र दैनिकी समस्याबाट मुक्त हुन नसक्नु परिवर्तन केवल पदको लागि र आफ्नो लागि हो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

