Rashtriya Dainik

नवलपरासीको बडहरामा सप्तचण्डी महायज्ञ सुरु

राष्ट्रिय दैनिक / नवलपरासी,३ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.५ बडहरामा श्री श्री १०८ सप्तचण्डी महायज्ञ अाजदेखि सुरु भएको छ।

महायज्ञ ब्यवस्थापन समिति सरावल ५ बडहराको आयोजनामा देव स्थल निर्माण तथा हिन्दु धर्मको रक्षा र स्थानीय क्षेत्र बिकाशका लागि महायज्ञ सुरु गरिएको हाे।

महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष तिलकरानी चौधरीको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी पश्चिमका जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा महायज्ञ सुरु भएको हो ।

महायज्ञलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अधिकारीले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। साथै नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ।

महायज्ञकाे उदघाटन समारोहमा सरावल वडा नम्बर ५ का वडाध्यक्ष दिनेश सहानी, वडा नम्बर ६ का वडाध्यक्ष कैलाश यादव, नेकपा एमाले जिल्ला सदस्य सुखारी प्रसाद चौधरी ,कृष्ण जिवत तिवारी, बासमति हरिजन, नेकपा एमले सरावल गाउ कमिटि अध्यक्ष सुरेश यादव लागएतले शुभकामना मन्तब्य दिनुभएको थियाे।

अाज देखि सन्चालन भइ ९ दिन सम्म चल्ने यस महायज्ञमा प्रमुख बाचकको रुपमा सम्पुर्णानन्द पाण्डेय रहनुएको छ । समितिका विरेन्द्र यादवको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन गोपिचन्द हरिजनले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित