Rashtriya Dainik

सन्तोष थामीको पहलमा थामी परिवारमा सहयोग अगाडि बढाइयो

बिनोद मण्डल /३ माघ । विगत लामो समयदेखि नै विचललीमा परेका थामी परिवारका लागि सहारा बनेका छन् समाजसेवी सन्तोष थाङ्गी ।

विक्रम सम्वत 2072 सालमा आएको भुइँचालोले हल्लाएका दोलखा जिल्लाको साविक गाउँविकास समिति थागी चाँगु १ हाल विगु गाउँपालिका ८ का नन्दे थामीको लागि कोषे ढुङ्गा बन्न पुग्यो । राती सुतिरहेको बखत घर पछडीबाट आएका ढुंगाको चोट लागेर घाइते भएका थामी परिवारले उनको उपचारमा भए भरको सम्पति खर्च गर्दा पनि उनी नबाच्दा थामी परिवारमा ठूलो बज्रपात पर्न गयो । थामी परिवारमा रहेका कलिला बालबालिकाहरुको सामु ठूलो संघर्षको पहाड उभियो जसलाई चिर्न यतिबेला सन्तोष थाँगी सहयोगमा जुटेका छन् उनको पहलमा अगाडि सारिएको सहयोग अभियानमा जसपा पार्टी प्रवास संगठन दक्षिण कोरियाका वरिष्ट उपाध्यक्ष तथा दोलखा विगु गाउँपालिका ७ घर भएका पि . एन . शेर्पाले थामी परिवारलाई आर्थिक सहयोग गर्नुको साथै काठमाडौंमा उच्च शिक्षासम्म पढाउने प्रतिबद्धता जनाएका छन् भने थामी परिवारमा रहेका कलिला बालबालिकाहरुलाई सहयोग गर्नको लागि आम सबैलाई अनुरोध समेत गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित