Rashtriya Dainik

चिस्यानसंगै आम जीवन कष्टमय बन्दै

बिनोद मण्डल माघ 3 । हिउँदे मौषम अर्थात् जाडो याममा पक्षिमी वायुको प्रभाव नेपालको सबै भागमा यतिबेला बिधमान रहेको पाइन्छ ।

प्राकृतिक विपत्तिका कारण आम नेपाली एकातिर कोरोना विरुद्धका लडाईमा छन् भने अर्कोतिर शितलहरको मैदानमा उत्रिएका आम मानिसको जीवन कष्टमय बन्दै गएको छ । पक्षिम्मी वायुको प्रवेश नेपालको पक्षीमी भूभागबाट प्रवेश हुने भएकोले अनुपातिक रूपमा पछिम नेपालमा बढी शीतलहर हुने गर्दछन् ।

यतिबेला मानिसहरू जाडोबाट बाँच्नको लागि पालिकाहरुले सडक छेउमा वितरण गरेको दायरामा आगो बालेर जाडोलाई छलिरहेका छन् ।

जाडोले गर्दा मुख्य व्यापार व्यवसाय यतिबेला जोखिममा रहेका छन् ।

जीव जनावरका लागि समेत कोशेढुंगा सावित भएको शीतलहर बाट गरीब र विपन्न परिवारका केयौ मानिसहरू यतिबेला बाँच्न पराल ,गुन्द्री ओढेर जीवन जिउन विवस भएको छ ।

कृषिजन्य बालीहरू पनि नियमितको चिस्यानले बिग्रिन थालेको अवस्था देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित