Rashtriya Dainik

घर घरमा पुगेर माक्स बितरण गरेर मानवीय सेवा गर्दै सशस्त्र प्रहरी बल भिखमपुरको टोली

पर्सा, ३ माघ
बिश्वभरीमा फैलिए कोरोना रोग बाट बचन र हालै अाएको अमोक्रोन रोग बाट वचन र बचाउने उदेश्यका साथै पर्सामा सशस्त्र प्रहरीले जनताको सुरक्षासँगै मानविय सेवाको काम पनि थालनी गरेका छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले गाउँ गाउँ को घर घरमा पुगेर माक्स र सेनेटराईजर बितरण गर्दै, यो रोग बाट वचन सुरक्षा अपनाउन अाग्रह समेत गर्दै जनचेतना समेत फैलाएका छन। ग्रामिण क्षेत्रका विभिन्न स्थानमा पुगेर घर घरमा पुगि शान्ति सुरक्षा प्रदान सँगसँगै जनसेवाको काम पनि सुरु गरेको हो । जनता हरुले कोरोना कहरको दिन र कोरोना बाट अपनाउने सुरक्षा माक्स , सेन्टराईजर लगाउने र साबुन पानी बाट हाथ धुने काम हरु बिर्सेका कारण फेरि सुरक्षा अपनाउन अाग्रह गर्दै जनचेतना फैलाउदै घर घरमा पुगेर स्वास्थ्य मापदण्ड अपनाउन अाग्रह समेत गरेका छन। कोरोनाको प्रतिकुल असर नपरोस भन्ने उद्देश्यले शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले कोरोना र हालै अाएको एमक्रोमी रोग बाट बचाउन घर घरमा पुगेर माक्स र सेन्टाईजर बितरण गरि फेरि स्वास्थ्य मापदण्ड अपनाउन माक्स ,सेन्टराईजर लगाउन र साबुन पानी बाट हाथ धुन बानिबसालन जनचेतना फैलाएका छन। कोरोना रोग बाट वचन घर बाहिर भिडभाडमा नजानु,घर बाट बाहिर जादा माक्स,सेनटराईजर लगाउनु र साबुन पानीले समय समयमा हाथ धुनु जरुरी रहेको सप्रनी कार्कीले बताए। सचेत रहन माक्स लगाउन कार्य सुरु गरेको छ ।
सशस्त्र प्रहरीले ग्रामिण क्षेत्रका जानकीटोला, भिखमपुर, लक्ष्मीपुर, पाण्डेपुर लगायत अन्य कयौँ स्थानमा पुगेर घर घरमा माक्स , सेनेटाईजर सहयोग पुर्याउने काम गरेका छन ।सशस्त्र प्रहरी निरीक्षक कार्कीले सुरु मै जनता हरुलाई सचेत गराई जनचेतना फैलाउने काम सुरु गरेको यस मानवीय कार्यका लागि स्थानिय हरुले धन्यवाद समेत दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित