Rashtriya Dainik

काङ्ग्रेस नेता चौधरीको दिन चरिया समाजसेवामै बित्दै

महेश सिंह/ सिरहा लहान २ माघ – सर्वपरी नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने जनअपेक्षा रहेको छ्। समाजसेवी महेश चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ।
आज पनि सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पिडरबोनीमा ४० जना महिला पुरुषहरुलाई कम्बल सहयोग गरेका छन्।
उक्त बस्तीमा रहेको असहाय,एकल महिला,अपाङ्ग दलित जेष्ठ नागरिक गरी जम्मा ४०जना कम्बल वितरण गरेका छन्।समाजसेवा गर्दै महेश चौधरीले निकै चर्चा बटुलेका हुन्। चौधरीलाई लाहान नगरपालिकाको मेयर बनाउनु पर्ने लहान बासीहरुको माग रहेको छ। समाजसेवी चौधरी भोलि पनि लहान नगरपालिका १८ बसाजोडिमा करिब ५० जना वृद्धहरुलाई कम्बल वितरण गर्ने भएको छ। समाजसेवी चौधरीका अनुसार जाडाेबाट कोहि नमरोस भने उनको उदेश्य रहेको छ्।
सहयोग पाएका ब्यक्तीहरुका अनुसार सिरहामा महेश चौधरीले सर्वपरी नेताको रूपमा मानिने गरेको छ्। समाजसेवी चौधरीले निरन्तर समाज सेवामा लाग्ने गरेको देखिन्छ। उनले ब्यक्तीगत रूपमा समाजमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित