माघ २ हरिकिशोर शर्मा जिराभवानी पर्सा
चितवनको माडीमा जङ्गली हात्ती (ध्रुबे) को आक्रमण मा परि एक सेना जवानको मुत्यु भएको छ । मृत्यु हुने मा सैनिक जवान गुप्त बहादुर थापा रहेका छन् ।
खड्गदल गण अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्र को ध्रुब पोष्टका सैनिक हरु गएराती गस्ती गएको समयमा बेलुकी ७ बजे ध्रुबे हात्तीले आक्रमण गरेको थियो । ध्रुबेले कुल्चिँदा उहाँको ढाड भाँचिएको थियो । गम्भीर घाइते अवस्थामा भरतपुर अस्पतालमा उपचारको क्रममा उहाँको ज्यान गएको हो ।
ध्रुब पोष्ट नजिक गस्तीमा रहँदा सो हात्तीले गस्ती टोलीमाथि लुकेर आक्रमण गरेको थियो । त्यस क्रममा सैनिकहरुले फायरिङ गरेपनि ध्रुबे नभागी आक्रमणमा उत्रिदाँ सो दुखद् घटना भएको निकुञ्ज श्रोतले जनाएको छ ।
योसंगै ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिस हरुको संख्या १६ पुगेको छ । यसअघि सो हात्तीले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ जनाको ज्यान लिइसकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

