हरिकिशोर शर्मा जिराभवानी/ पर्सा ,ठोरी-३, बुद्धनगरको तल्लो टोलमा १०० विगाह क्षमताको भुमिगत जल सिचाई डिप बोरिङको शिलान्यास भएको छ । भुमिगत जल सिचाईको लागि पर्क्युसन विधि बाट डिप बोरिङको शिलान्यास ठोरी गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले गरेको हो ।
आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पिएल श्रेष्ठले तत्काल डिप बोरिङ पर्क्युसन विधि बाट निर्माण हुने र भुमिगत सिचाई लाई व्यवस्थित गर्न भलकसको समेत निर्माण हुने बताए । संघीय अनुदानमा पहिलो दोस्रो गर्दै दुई/तीन चरणमा बजेट विनियोजन भइ सम्पूर्ण कार्य सम्पन्न हुन लगभग अनुमानित २ देखि ३ वर्ष सम्म लाग्ने जानकारी दिए ।
कार्यक्रममा ठोरी-३ का वडाध्यक्ष सुर्य लामा, नेकपा माओवादी केन्द्र ठोरीका अध्यक्ष निमा तामाङ, नेकपा माओवादी केन्द्र ठोरीका सचिव बल बहादुर श्रेष्ठ, ठोरी-३ वडा कमिटी अध्यक्ष श्याम श्रेष्ठ तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

