Rashtriya Dainik

नवलपरासीको चौपत्तामा १५ अाैँ खिचडी माघी महाेत्सव मेला सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २ माघ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ चौपत्तामा थारु समुदायको नयाँ वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १५ अाैँ खिचडी माघी महाेत्सव मेला सम्पन्न भएको छ ।

श्री सम्झना महिला समूह तथा श्री ब्रह्मबाबा सामुदायिक प्रतिस्ठानकाे संयुक्त आयोजनामा १५ अाैँ खिचडी माघी महाेत्सव मेला सुरु भइ सम्पन्न भएको हाे।

महिला समूह अध्यक्ष रमिता चौधरीको अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य मा.देवेन्द्र कण्डेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न मेलालाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य कण्डेलले यस्ता मेला महोत्सवले कला संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । माघी बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ ।वर्षेनि आयोजना हुदै आएको मेलाको निरन्तरताको शुभकामना व्यक्त गर्दै काेराेना भाइरस काेभिड १९ काे महामारीबाट स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गरि अाफु वच्न र अाफ्न घर परिवारलाई बचाउन अाग्रह गर्दै यश क्षेत्रको बिकासका लागि आफुले निरन्तर प्रयास र पहल गर्दै अाइरहेकाे कुरामा जाेड दिनुभएको थियाे।

त्यस्तै संविधानसभा सदस्य देवकरण कलवार सन्तुले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे । प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

१५ अाैँ खिचडी माघी महाेत्सव मेलामा विभिन्न राजनीति दल प्रमुख,बुद्धिजीवी,समाजसेवी ,पत्रकार तथा स्थानिय समुदायको उपस्थिति रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित