Rashtriya Dainik

कपिलवस्तुमा सातौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

कपिलवस्तु माघ १
‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ कपिलवस्तुमा सातौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँएको छ । कपिलवस्तु सदरमुकाम तौलिहवाको आनन्दबाग स्थित राधाकृष्ण मन्दिर योग हलमा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे को अध्यक्षता मा राष्ट्रिय योग दिवस योग , अन्तरक्रीया, र नारायण दल गुल्म द्वारा मन्दिर परिसर सरसफाई तथा योग प्रशिक्षक लाई सम्मान गरि सम्पन्न गरिएको हो ।
जिल्ला मूल समारोह समिती, कपिलवस्तु तथा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र आयोजनामा भएको कार्यक्रममा योगको नियमित अभ्यास गरेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताउनु भएको छ ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।
आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
कार्यक्रममा योग प्रशिक्षक नारायण प्रसाद पौडेल लाई सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित